अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प अस्पताल भर्ना

1 Share

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पमा कोरोना संक्रमण पुष्टि भएको छ। बिहीबार कोरोना संक्रमण पुष्टि भएका अमेरिकी राष्ट्रपति मेरिल्यान्डस्थित वाल्टर रीड नेसनल मिलिट्री मेडिकल सेन्टरमा शुक्रबार साँझ भर्ना भएका हुन् ।

ह्वाइट हाउसले एक विज्ञप्ति जारी गर्दै थप सावधानीका लागि वाल्टर रिड नेशनल मिलिट्री मेडिकल सेन्टरमा भर्ना गरिएको जानकारी दिएको छ। यसअघि हिजो राष्ट्रपति ट्रम्पले पत्नी मेलानिया र आफूलाई कोरोना पुष्टि भएको जानकारी दिएका थिए।

शुक्रबार बिहान राष्ट्रपति ट्रम्पले ट्वीट गर्दै आफू र प्रथम महिला मेलानियालाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका थिए । ह्वाइट हाउसका अनुसार राष्ट्रपति ट्रम्पको स्वास्थ्य अवस्था सामान्य भए पनि पूर्वसावधानीका लागि उनी अस्पताल भर्ना भएका हुन् ।
राष्ट्रपतीय निर्वाचनको प्रचारप्रसार चलिरहेका बेला ट्रम्पलाई कोरोना पुष्टि भएको हो। यसअघि उनकी एक नजिककी सल्लाहकार होप हिक्सलाई कोरोना संक्रमण पुष्टि भएको थियो।

Leave a Reply

Your email address will not be published.

Share via
Copy link
Powered by Social Snap