प्रदेश ५ को संसदीय दलको निर्णयः स्थायी राजधानी दाङमा

0 Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश ५ को संसदीय दल प्रदेशको स्थायी राजधानी दाङमा राख्ने पक्षमा उभिने भएको छ । संसदीय दलका शनिबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकले प्रदेश सरकारले शुक्रबार प्रदेशसभामा पेश गरेको प्रदेशको स्थायी राजधानी र नामाकरण सम्बन्धी प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय गरेको संसदीय दलका सचेतक भुमिश्वर ढकालले जानकारी दिनुभयो ।

प्रदेश सरकारले प्रदेश राजधानी दाङको देउखुरीमा राख्ने र नाम लुम्बिनी राख्ने प्रस्ताव शुक्रबार प्रदेश सभामा लगेको छ । सो बिषयमा छलफल गर्न शनिबार संसदीय दलको बैठक बसेको थियो ।

बैठकमा सहभागि सांसद्ले आफ्नो धारणा राख्नु भएको ढकालले सनराइज खबरलाई जानकारी दिनुभयो । छलफल पछि सरकारले ल्याएको प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय भएको उहाँले बताउनुभयो । ‘प्रस्तावको पक्षमा सबै माननीयले एक ढिक्का भएर मतदान गर्नुहुने छ’, ढकालले भन्नुभयो ।

Leave a Reply

Your email address will not be published.

Share via
Copy link
Powered by Social Snap