मुख्यमन्त्री सवार गाडीमाथि अज्ञात समूहको आक्रमण

0 Shares

प्रदेश नं ५ का मुख्यमन्त्री सवार गाडीमाथि आज बुटवलमा ढुङ्गा प्रहार भएको छ। काठमाडौँबाट रुपन्देही आउँदै गर्नुभएका मुख्यमन्त्री शङ्कर पोखरेललाई बुटवलको राजमार्ग चौराहा नजीक ढुङ्गा प्रहार गरिएको हो।

भैरहवाबाट बुटवलतर्फ आउँदै गरेका मुख्यमन्त्रीको गाडीमा रुपन्देहीका मणिग्राम, कोटिहवा र शङ्कर नगर क्षेत्रमा कालो झण्डा प्रदर्शन गरिएको नेकपाका प्रमुख सचेतक भूमीश्वर ढकालले बतायनु भयो।

अज्ञात समूहको आक्रमणबाट गाडी तोडफोडपछि प्रहरीले हवाइफायर गरेको थियो। मुख्यमन्त्री सवार गाडीसहित उनको स्कर्टिङ गर्ने गएका दुई गाडीमा समेत क्षति पुगेको छ। प्रदेश नं ५ को राजधानी सार्ने प्रस्ताव प्रदेशसभामा सरकारले दर्ता गरेपछि पार्टीको बैठक सकिई मुख्यमन्त्री पोखरेल काठमाडौँ गएका थिए। प्रहरीले सो स्थानबाट केही व्यक्तिलाई पक्राउ गरेको छ।

स्थायी राजधानी सार्न नहुने जनाउँदै नेपाली कांग्रेसले आज रुपन्देही बन्दको आह्वानसहित प्रदर्शन गरेको छ ।

Leave a Reply

Your email address will not be published.

Share via
Copy link
Powered by Social Snap