कम्युनिष्ट पार्टीका सदस्यले अब अमेरिकामा स्थायी बसोबासको अनुमति नपाउने

0 Shares

काठमाडौं । कुनै पनि कम्युनिष्ट पार्टीका सदस्यले अब अमेरिकामा स्थायी बसोवासको अनुमति नपाउने भएका छन् ।

अमेरिकाले आफ्नो आप्रवासी नियम परिवर्तन गर्दै कम्युनिष्ट पार्टी र तीनका सदस्यप्रति बन्देज लगाउने नीति बनाएको हो ।

यो सँगै अब कुनै कम्युनिष्ट मुलुकका कम्युनिष्ट पार्टीका सदस्य वा उक्त पार्टीको विभिन्न पदमा रहिआएका व्यक्तिहरुले अमेरिकाको स्थायी बसोवासको अनुमति वा नागरिकता नपाउने भएका छन् । यसबाहेक कुनै पनि निरंकुश पार्टीसँग आबद्ध भएका मानिसले पनि अमेरिकाको स्थायी बसोबासको अनुमति पाउने छैनन् ।

अमेरिकामा राष्ट्रपतीय निर्वाचन पनि नजिकिँदै जाँदा राष्ट्रिय सुरक्षाको जोखिम रहेको भन्दै अमेरिकाले यस्तो घोषणा गरेको हो ।

अमेरिकाको यूएस सिटिजन एण्ड इमिग्रेसन सर्भिस ९यूएससीआईएस०ले शुक्रबार एक विज्ञप्ती जारी गर्दै यो घोषणा बारे जानकारी गराएको हो । अमेरिकाले परिवर्तन गरेको यो आप्रवासनसम्बन्धि नियम विशेषतः चीनप्रति लक्षित गरिएको बताइएको छ । यद्दपी विज्ञप्तीमा कुनै देशको नाम भने तोकिएको छैन ।

Leave a Reply

Your email address will not be published.

Share via
Copy link
Powered by Social Snap