१ न: प्रदेश चलचित्र द्वन्द्व संघ कमिटी गठन

1 Share

उजागर , असोज २५ । आइतबार बिर्तामोडमा भएको एक भेलाले विपिन प्रसाईको अध्यक्षतामा १ न: प्रदेश नेपाल चलचित्र द्वन्द्व संघ कमिटी गठन गरेको छ । भेलाबाट नेपाल चलचित्र द्वन्द्व संघको २१ सदस्यीय १ नं प्रदेश कमिटी गठन भएको हो । नवगठित संघको कार्यकारिणी उपाध्यक्षहरूमा सन्तोस खवास र लक्षु गौतम रहेका छन् भने महासचिवमा सुदिप खवास र कोषाध्यक्षमा करुणा क्षेत्री रहेका छन् । सदस्यहरुमा राजेन्द्र कार्की,पूर्णप्रसाद राजवंशी,राजन पौडेली,नविन तामाङ, धिरज परियार, सुबें मेचे, सिर्वा मगर, सुमन मोटे, श्याम गिरी, सुरज ढकाल, समिर सुवेदी, गणेश भट्टराईलगायत रहेका छन् ।

चलचित्र द्वन्द्व संघ प्रदेश न. १ संयोजक विपिन प्रसाईको अध्यक्षतामा भएको कार्यक्रममा बिर्तामोड नगरपालिका वडा न. ५ का वडा अध्यक्ष राजेन्द्र लिङ्देन प्रमुख अतिथि रहेका थिए । एलसी श्रेष्ठले स्वागत मन्तव्य राखेको कार्यक्रमको संचालन संचारकर्मी तथा कलाकार सुदीप खवासले गरेका थिए ।

Leave a Reply

Your email address will not be published.

Share via
Copy link
Powered by Social Snap