नारी सञ्चार गृहको अध्यक्षमा भीमा शिवाकोटी

1 Share

झापाका पत्रकार महिलाहरुको छाता संगठन नारी सञ्चार गृहको अध्यक्षमा भीमा शिवाकोटी सर्वसम्मत चयन हुनु भएको छ।

गृहको आज विर्तामोडमा सम्पन्न तेस्रो अधिवेशनले शिवाकोटीको नेतृत्वमा नयाँ कार्य समिति सर्वसम्मत निर्वाचित गरीएको हो । शिवाकोटी नेपाल पत्रकार महासंघ झापाकी उपाध्यक्ष हुन् ।
समितिको उपाध्यक्षमा रेजिना रोदन, सचिवमा भूमिका सुब्बा, सहसचिवमा सुशिला संग्रौला, कोषाध्यक्षमा जोसना श्रेष्ठ चयन भएका छन् ।

आज विहान विर्तामोड नगरपालिकाकी उपप्रमुख पवित्रा महतराको प्रमुख आतिथ्यमा नारी सञ्चार गृहको तेस्रो अधिवेशन तथा छैठौं साधारणसभा उद्घाटन भएको थियो ।

संस्थाकी अध्यक्ष अम्बिका भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेश नं. १ का सदस्य तीर्थ सिग्देल, महासंघ झापाका उपाध्यक्ष एकराज गिरी, आदिवासी जनजाति पत्रकार महासंघका प्रदेश इञ्चार्ज दिपीन राई, प्रेस संगठन नेपालका जिल्ला अध्यक्ष मुक्ति पौडेललगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नु भएको थिए ।

Leave a Reply

Your email address will not be published.

Share via
Copy link
Powered by Social Snap