जिल्ला प्रहरी कार्यालय झापाले उत्कृष्ट आठ प्रहरीलाई नगदसहित सम्मान

1 Share

६५ औं प्रहरी दिवशको अवसरमा जिल्ला प्रहरी कार्यालय झापाले उत्कृष्ट आठ प्रहरीलाई नगदसहित सम्मान सम्मान गरेको छ ।
प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा उत्कृष्ट प्रहरी, अमर प्रहरीका परिवार, जग्गादाता र एसइईमा उत्कृष्ट अंक ल्याउने प्रहरीका छोराछोरीलाई सम्मान गरिएको हो ।

कार्यालयले उत्कृष्ट आठ प्रहरीलाई नगदसहित सम्मान गरेको छ । गौरादह प्रहरी चौकीको भवन निर्माणका लागि जग्गा प्रदान गर्ने गौरादह नगरपालिका–७ का रत्नबहादुर श्रेष्ठ, डम्बरकुमारी ढुङ्गेल, सकुन्तला देवी महतोलगायत पाँचजनालाई सम्मान गरिएको हो । यसै गरी प्रहरी सहायक निरीक्षकहरु दीपबहादुर बानियाँ, शुभराज राई, जानुका चौहान, राजेश श्रेष्ठ, गणेशबहादुर श्रेष्ठ र प्रहरी जवान साजन कार्की, मनकुमारी चौहानलगायत रहेका छन् ।


कार्यक्रममा १ नं प्रदेश प्रहरी कार्यालयले स्थापना गरेको प्रहरी सन्तति जेहेन्दार पुरस्कारबाट हरिबहादुर थापाकी छोरी दुर्गा थापा र पूर्व प्रहरी हवल्दार जीवन ढकालका छोरा सुरज ढकाललाई १० हजार नगदसहित सम्मान गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक राकेश थापाले बताउनु भयो । इलाका प्रहरी कार्यालय काँकरभिट्टा प्रहरी नायब उपरीक्षक राजेन्द्र पोखरेलले स्वागत गरेको कार्यक्रममा पूर्व प्रहरी संघका अध्यक्ष खेमराज कार्कीले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published.

Share via
Copy link
Powered by Social Snap