भक्तजनलाई व्यवस्थित किसिमले पूजा अर्चना गर्ने वातावरण बनाउन मौलिक जरोकिलो पार्टीको माग

1 Share

झापाःनेपालीहरुको महान् पर्व बडा दशैको अवसरमा शक्तिपीठहरुमा श्रद्धालु भक्तजनलाई व्यवस्थित किसिमले पूजा अर्चना गर्ने वातावरण बनाउन सरकारसंग मौलिक जरोकिलो पार्टीले माग गरेको छ । गत भदौ महिनामा रातो मच्छिन्द्रनाथको रथ तान्ने विषयलाई सरकारले समयमै समन्वय गर्न नसक्दा अप्रिय घटना भएको हुँदा त्यसबाट पाठ सिकेर जनताको धार्मिक आस्थामा पनि ठेस नपुग्ने र संक्रमण पनि नफैलिने किसिमको व्यवस्थापन गर्न सरकारलाई आग्रह गरेको छ ।

एक जना मात्रै संक्रमित फेला पर्दा सरकारद्वारा गरिएको लकडाउन सफल बनाउन जनताले साथ दिएका थिए तर अहिले दिनुहुँ ३ हजारको हाराहारीमा संक्रमित बढ्दा जिम्मेवार निकायको केवल संक्रमित संख्याको गणना गन्नमा सिमित रहेको गुनासो यत्रतत्र सुनिन्छ ।

’कार्यकारी प्रमुखको ध्यान महाव्याधी नियन्त्रण गर्न रचनात्मक प्रयास र ज्याला मजदुरी गर्नेलाई उचित राहतको व्यवस्थापनमा हुनुपर्नेमा दलीय गुटको समिकरण मिलाउन व्यस्त रहेकोले सर्वसाधारण आक्रोशित हुँदै गएका छन् । सरकारले आफ्नो रवैया समयमै परिवर्तन नगरे नराम्रो परिणाम भोग्नुपर्ने हुनसक्छ ।’ पार्टीका केन्द्रीय अध्यक्ष सुशील गौतमले बताउनुभयो ।

महाव्याधी नियन्त्रण गर्न सरकारबाट हुनुपर्ने स्वक्रियात्मक एवं सिर्जनात्मक प्रयास पटक्कै नदेखिएको कारण सर्वसाधारण आक्रोसित बन्दै गएका छन् । शहर बजार, बैंक, सार्वजनिक यातायात लगायतका क्षेत्रहरुमा प्रशस्त भीडभाड भइरहेका छन् तर धार्मिक आस्थाको क्षेत्रमा कडाई गरिएको सूचनाले सर्वसाधारणको आक्रोश सतहमा आएर ललितपुरमा भएको जस्तो घटना दोहोरिन सक्ने हुँदा समयमै उचित कदम चाल्न पार्टीले आग्रह गरेको छ ।

Share via
Copy link
Powered by Social Snap