जाँतेमा पिकअप दुर्घटना, ५ जना घाईते

1 Share

लेटाङ, ७ कार्तिक । जाँतेमा बोलेरो बिकअप गाडि दुर्घटना हुँदा आज ५ जना घाईते भएका छन । को २ च ३७८ नंबरको उक्त गाडी जाँते बजार देखि ६ नं बुधबारे तर्फ जाँदै गर्दा लेटाङ ८ भुपुटोलमा रहेको लाओती चौक नजिकैको घुम्तिमा दुर्घट्ना भएको हो ।
घाईते हुनेहरुमा मिक्लाजुङ ३ का २० बर्षिय पदम फियाक,मिक्लाजुङ ७ बस्ने ६५ बर्षिय कृष्णलाल बोहोरा, लेटाङ ५ का रत्नकुमार तामाङ,मिक्लाजुङ ७ का १७ बर्षिय प्रशिद्द रेग्मी, दमक ३ कि सलिना बस्नेत रहेको अस्थाई प्रहरी चौकी जाँतेले जनाएको छ ।
सामान बोक्ने गाडिमा ९ जना मानिस सहित सामान बोकेर धनकुटाको बुधबारे जाँदै गर्दा बाटै उक्त गाडी दुर्घटनामा परेको हो ।
घाईतेको स्थानिय अस्पतालमा उपचार भैइरहेको छ ।

Share via
Copy link
Powered by Social Snap