हुम्लामा निःशुल्क सेनिटाइजर सहयोग

0 Shares

सिमकोट- हुम्लाको खार्पुनाथ गाउँपालिका वडा नम्बर ५ का ८०  घरधुरीलाई निःशुल्क सेनिटाइजर प्रदान गरिएको छ।

जिल्ला सदरमुकाम सिमकोटमा लामो समयदेखि सञ्चालनमा रहेको न्यु भिजन चर्चले जिल्ला कोरोना उच्च संक्रमणको जोखिममा रहेको जनाई ताक्ला र  बाम्टा गाउँका घरधुरीलाई सेनिटाइजर सहयोग गरेको हो।

ग्रामीण  बस्तीका नागरिकले कोरोना संक्रमणबाट बच्न र व्यक्तिगत सरसफाइमा जोड दिऊन् भन्नाका लागि सेनिटाइजर सहयोग गरिएको चर्चका कालीबहादुर बोहराले बताए। रासस

Share via
Copy link
Powered by Social Snap