अमेरिकी राष्ट्रपति बाइडनलाई दिए प्रधानमन्त्री ओलीले बधाई

1 Share

प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकाको राष्ट्रपतिमा निर्वाचित जो बाइडन र उपराष्ट्रपति कमला ह्यारिसलाई बधाई दिनुभएको छ ।

प्रधानमन्त्री ओलीले आइतबार ट्वीट गर्दै राष्ट्रपति बाइडन र उपराष्ट्रपति कमला ह्यारिसलाई बधाई दिएनु भएको हो।


नयाँ अमेरिकी नेतृत्वसँग नजिक रहेर काम गर्न चाहेको बताउँदै ट्वीटमा ओलीले दुई देशबीच मैत्रीपूर्ण सम्बन्धलाई अझ मजबुत बनाउन नजिकबाट काम गर्ने ‍बताएउनु भएको छ ।

डेमोक्रेटिक पार्टीको तर्फबाट अमेरिकाको राष्ट्रपतिमा जो बाइडन निर्वाचित भएका छन् । उनले रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पलाई पराजित गरे । बाइडनकै तर्फबाट उपराष्ट्रपति पदमा कमला ह्यारिस निर्वाचित भएकी छन् ।

Share via
Copy link
Powered by Social Snap