भन्सार छली गरी ल्याएका तिन लाख भन्दा बढीका सामानहरु बरामद

1 Share


मोरङ,कात्तिक–२६ गते ।
मोरङको विराटनगर सिमा एरियामा रहेको भारतिय बजार जोगबनीबाट भन्सार छली गरी ल्याएका करिव तिन लाख भन्दा बढि मुल्य बराबरका सामानहरु बरामद गरिएको छ ।

विशेष सुराकका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले हिजो अपरान्ह साढे ४ बजे विराटनगर–९ स्थित सडक किनाराबाट १ लाख ४५ हजार ३ सय रुपैया मुल्य बराबरको लत्ता कपडा तथा किराना सामानहरु बरामद गरेको हो ।

यसै गरी सोही कार्यालयबाट खटिएको प्रहरी गस्ति टोलीले हिजो राती पौने ११ बजे १ लाख ६७ हजार ३ सय मुल्य बराबरको लत्ताकपडाहरु बरामद गरेको छ । गोप्य सुराकका आधारमा खटिएको प्रहरी टोलीले विराटनगर१६ दरैया स्थित एक घरमा भन्सार छली गरी ल्याएका लत्ताकपडाहरु लुकाई छिपाई राखिएको अवस्थामा फेला पारी बरामद गरेको हो ।

साथै भन्सार छली लत्ताकपडाहरु ल्याई लुकाई छिपाई राख्ने घर धनि २५ बर्षीय राहुल रायलाई समेत पक्राउ गरिएको र बरामद गरिएको सामानहरु आवश्यक कारवाहीको लागी भन्सार कार्यालय रानी विराटनगरमा बुझाईएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

Share via
Copy link
Powered by Social Snap