उर्लावारीमा लागुऔषध सहित ९ जना पक्राउ

1 Share

उर्लावारी प्रहरीले लागुऔषध सहित बेचबिखन र सेवन गरेको आरोपमा एक महिलासहित ९ जनालाई पक्राउ गरेको छ । उर्लावारी प्रहरीका इन्सपेक्टर उद्धव पोखरेलका अनुसार मंगलबार राति १०ः१०मा उर्लाबारी–७ स्थित छोमाई तामाङको घरबाट उनीहरुलाई पक्राउ गरिएको हो ।

प्रहरी निरीक्षक पोखरेलका अनुसार उनीहरुको साथबाट ४ ग्राम ७ सय २७ मिलिग्राम ब्राउन सुगर, १ सय ८४ ग्राम २ सय ३० मिलिग्राम गाँजा र पाँच मोटरसाइकल र नगद पनि बरामद गरिएको छ ।

पक्राउ पर्नेहरुमा उर्लाबारी–७ स्कुलडाँडाका २१ वर्षीय ममता तामांङ, बरगाछीका २४ वर्षीय मिलन याक्सो, बरगाछीका १९ वर्षीय असिम लिम्बू, उर्लाबारी–९, भोटेपुलको २८ वर्षीय आकाश लिम्बु, रतुवामाई नगरपालिका इटहराका २२ वर्षीय रुपममान केदेम (लिम्बु), २५ वर्षीय मञ्जिल बस्नेत, रतुवामाई–१० सातमेडिका १९ वर्षीय एन्जील मगर, झापा दमक नगरपालिका–७ बजार लाइनका १९ वर्षीय ससिन शेख र दमक–४ सिर्जना टोलका ३० वर्षीय सुमन सुनुवार छन् ।

प्रहरीले उनीहरुलाई कारबाही पक्रिया अगाडि बढाएको जनाएको छ ।

Share via
Copy link
Powered by Social Snap