दक्षिण कोरियाद्वारा मानवरहित हवाई ट्याक्सीको सफलतापूर्वक परीक्षण

1 Share

दक्षिण कोरियाले मानवरहित हवाई ट्याक्सी सेवाको परीक्षण गरेको छ । ट्याक्सीलाई चिनियाँ पाइलटलेस एयर ट्याक्सी फर्म इहाङले बनाएको हो ।

ट्याक्सीले प्रतिघण्टा १३० किलोमिटरको गतिमा उडान भर्नसक्ने जनाइएको छ । ड्रोन ट्याक्सी कार्यक्रमले शहरी हवाई गतिशीलताको विकास गर्ने, भूमिगत यातायातको भीड कम गर्ने र भविष्यको वृद्धि इञ्जिन सुरक्षित गर्ने उद्देश्यका साथ यसलाई सञ्चालनमा ल्याउन लागेको हो ।

कुल ६५० केजी तौलको उक्त इलेक्ट्रिक हवाई ट्याक्सीमा दुई सिट रहेको छ । परीक्षणमा भएका मानवरहित हवाई ट्याक्सीको नाम EH216s  दिइएको छ । परीक्षणमा ६ वटा हवाई ट्याक्सी परीक्षण गरिएको थियो ।

यो शहरी भागमा ट्राफिक व्यवस्थापनका लागि समेत सहयोगी हुनेछ । गत अप्रिलमा ७० केजी चामलको बोरासहित यी हवाई ट्याक्सीको सफलतापूर्वक परीक्षण गरिएको थियो ।

Share via
Copy link
Powered by Social Snap