सचिन रौनियारको नयाँ ‘जोगी भए’भए सार्वजनिक

1 Share

तीन दशकदेखि नेपाली सांगीतिक क्षेत्रमा सक्रिय गायक सचिन रौनियारको नयाँ गीत  ‘जोगी भए’ सार्वजनिक भएको छ । गीतमा बेनु पी मैनाली ‘ईट्टाघरे’ को शब्द र दीपक शर्माको संगीत चर्चित उखान, टुक्काहरु समाबेशगरी बनाइएको छ। उदयराज पौडेलको एरेन्जमेन्ट रहेको गीतमा सचिन रौनियार सँगै लोकप्रिय गायिका मेलिना राईको स्वर रहेको छ। गीतमा पछिल्लो समय रुचाइको डान्सिङ ग्रुप द कार्टुन क्रुलाइ फिचर्ड गरिएको छ । सरोज अधिकारीको कन्सेप्ट र निर्देशनमा बनेको भिडियोमा पवन सुशलिङको सिनेमाटोग्राफी र सम्पादन रहेको छ।

Share via
Copy link
Powered by Social Snap