वीरता लेडी जेसीजले गर्यो ट्राफिक सचेतना कार्यक्रम

1 Share

बिर्तामोडः जेसीज सप्ताहको अवसर पारेर वीरता लेडी जेसीज बिर्तामोडले ट्राफिक नियम सम्बन्धी सचेतना सहितको होडिङ बोड राख्दै सप्ताहको उद्धघाटन गरेको छ ।
बिर्तामोड नगरपालिकाको पूर्वीसिमा महेन्द्रराजमार्ग स्थित देउनिया खोला छेउमा आज एक कार्यक्रमका बीच सडक दुर्घटना न्युनीकरण गर्ने उदेश्यले ट्राफिक सचेतनामूलक श्लोगन लेखिएको होडिङ्ग बोड राखिएको हो ।

वीरता लेडी जेसिजको आयोजना तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोडको सहकार्यमा आयोजित कार्यक्रम वीरता जेसीज बिर्तामोडकी अध्यक्ष जेसी सुष्मा भण्डारीको अध्यक्षता तथा संस्थापक अध्यक्ष जेसी शारदा रिजालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । प्रहरी निरीक्षक डुण्डीराज गिरी र प्र.ना.नि. नारायण आचार्यको विशेष अतिथ्य रहेको कार्यक्रममा पूर्व अध्यक्ष जेसी रजनी बजगाइ, पार्वता बिमली, उजागर मिडिया प्रा.लि.का अध्यक्ष कुमारप्रसाद उप्रेती, मुद्रण व्यवसायी रोहितकुमार भट्टराई लगायतको उपस्थिती रहेको थियो ।

कार्यक्रममा बोल्दै विशेष अतिथी आचार्यले अत्यन्त दुर्घटना हुने यस बुट्टाबारी देउनिया क्षेत्रमा सचेतनामूलक सन्देश सहितको होडिङ बोड राख्ने कार्यले भविष्यमा हुने सडक दुर्घटनालाई न्युनीकरण गर्ने बताउनुभयो । कार्यक्रममा जेसीज आस्था वाचन कोषाध्यक्ष जेसी हिमा पौडेलले र स्वागत मन्तव्य जेसी संगीता चिमरियाले राख्नुभएको थियो भने संचालन महासचिव जेसी संगीता गिरीले गर्नुभएको थियो ।

Share via
Copy link
Powered by Social Snap