उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै सकियो छठ

1 Share

उजागर, विन्नी राजभण्डारी । आज सूर्यको आराधना गदै देशका विभिन्न स्थानमा उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठपर्व समापन गरिएको छ । यो पर्व तिहारको भाईटिकाको भोलि पल्ट बाट सुरु गरेर चार दिन सम्म कठोर वर्त लिएर समापन हुने गर्दछ । धार्मिक मान्यता एंवम लोक आस्था अनुसार सन्तान प्राप्ति, परिवार सुख–शान्ति कल्याण , निरोगी र समृद्धिको कामनाका साथ छठ पर्व मनाईन्छ ।

बर्तालुहरुले पहिलो दिन नुहाएर पुजाका लागि चाहिने सामग्रीहरुको ब्यवस्थापन गर्दछन् । दोस्रो दिन घरमै बसेर दिन भर पानी पनि नखाई वर्त बसेर रातमा खिरको नैया चडाई खर्ना विधि समापन गरिने प्रचलन छ । तेस्रो दिन साँझ नजिकैको नदी किनारामा गई ताम–झामका साथ दिनरात पानी पनि नखाई अस्ताउँदो सूर्यलाई अर्घ्य दिएपछि राति जलाशय, नदी, तलाउ–किनारमा अर्घ्य दिइएका सामग्रीहरू कतिपयले घरमै ल्याएर फेरि आज बिहान झिसमिसमै घाटमा पुर्याउने गर्छन् भने कतिपयले त्यहीँ राखेर रातभर नाचगान र रमाइलो गर्छन् ।आज कात्तिक शुक्ल सप्तमी तिथिका दिन उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठ पूजा समापन भएको मानिन्छ ।

तर यो वर्ष कोभिड–१९ को बढदो संक्रमणका कारण फरक शैलिमा वर्तालुहरुले छठ पर्वमनाए । कोरोनाको महामारीका कारण कतिपयले भने यसपालि घरको आँगन र छतमा नै कृत्रिम जलाशय बनाएर परिवारजन संगै सूर्यको पूजा आराधना गरेका छन् भने कतिपय ठाउँमा भने जलाशयमा नै पुगेर सामूहिक रुपमा छठ पर्व मनाए । तराईका केही नदी, पोखरी, तलाउमा भने सामान्य अवस्थामा झैँ भीडभाड भएपछि प्रहरी परिचालन गरिएको थियो । कोरोनाको जोखिमका कारण यसपालि सरकारले भीडभाड नगरि पर्व मनाउन आग्रह समेत गरेको थियो ।

Share via
Copy link
Powered by Social Snap