म्यानचेस्टर सिटीमाथि शानदार जित निकाल्दै टोटनह्याम इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा पुगेको छ।
लिग अन्तर्गत शनिबार राति घरेलु मैदानमा भएको खेलमा जोसे मोरिन्होको टिम टोटनह्यामले पेप गार्डिवलाको म्यानचेस्टर सिटीलाई २–० ले पराजित गरेको हो ।
खेलमा टोटेनहमले अग्रता बनाएको थियो। खेलको पाँचौं मिनेटमै सन ह्युङ् मिनले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए।
दोस्रो हाफमा जिओभानी लो चेल्सोले गोल गर्दै अग्रता दोब्बर बनाए। उनले खेलको ६५ औं मिनेटमा ह्यारी केनको पासमा गोल गरेका थिए। उता सिटीले गोल फर्काउन नसक्दा टोटेनहमले २–० ले खेल आफ्नो पक्षमा पार्यो।
सनले पाँचौँ तथा लो सेल्सोले ६५ औँ मिनेटमा गोल गरेका हुन् । जितसँगै शीर्ष स्थानमा पुगेको टोटनह्यामको ९ खेलबाट २० अंक भएको छ ।