वीरता लेडि जेसिजको साइकल रेस प्रतियोगिता सम्पन्न

1 Share

You sent Today at 11:37

बिर्तामोड । स्वास्थका लागि खेलकुद भन्ने नाराका साथ आज वीरता लेडि जेसिज बर्ष २०२० ले जेसिज सप्ताह कार्यक्रम अन्तर्गत साइकल रेस प्रतियोगिता सम्पन्न गरेको छ । वीरता लेडि जेसिज बर्ष २०२० अध्यक्ष सुस्मा पौडेलको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि झापा जिल्ला ट्राफिक प्रमुख प्रकाश जबेगु रहनुभएको थियो ।

विशिष्ट अतिथि नेपाल जेसिज बर्ष २०२० का उपाध्यक्ष जेसि विशाल थापा , वीरता लेडि जेसिज को संस्थापक अध्यक्ष जेसि सारदा रिजाल साथै पुर्व अध्यक्ष जेसि उर्मिला बिमली ,नैनाकला भट्टराई ,राधा सुब्बा लगायतको उपस्थितिमा भएको कार्यक्रमको संयोजन जेसि रोजिना पान्डेले गर्नुभएको थियो ।

कार्यक्रमको सञ्चालन महासचिव जेसि संगीता गिरीले गर्नु भएको थियो भने सहभागी १० जना साइकल राईडर प्रतियोगिहरुमध्ये क्रमशः प्रथम र दोस्रो योगिता खाती र मुनमुन अग्रवाल हुनुभएको थियो । प्रतियोगितामा प्रथम हुनेलाई नगद रु ४,०००/- र दोस्रो हुनेलाई रु २,००० /- पुरस्कार प्रदान गरिएको थियो ।

Share via
Copy link
Powered by Social Snap