सुनसान बन्दै धनकुटाको नाम्जे पिकनिक स्थल

1 Share

मन्दिरा खड्का , धनकुटा । पर्यटकिय स्थलको रुपमा परिचित धनकुटाको नाम्जे यतिबेला सुनसान जतिकै बनेको छ । भेडेटारबाट करिव चार किलोमिटर उत्तर लागेपछि माथि भेटिन्छ रमाइलो नाम्जे गाउँ ! त्यहि गाउँमा पर्छ नाम्जे पिकनिक स्पोट। मगरजातिको बाहुल्यता रहेको उक्त स्थानको प्रमुख बिशेषता भनेको नै एकैदिनमा धेरै किसिमको प्राकृतिक वातावरण बदलिनु हो। एकछिन बादल लाग्नु, एकछिन घाम लाग्नु, एकैछिनमा हुस्से लाग्नुले त्यहाँ पुग्ने जो कोहीको मन त्यो प्राकृतिक परिदृश्यले लोभ्याउने गर्छ।

अमेरिकी समाचार संस्था सी.एन. एन. (CNN) ले विश्वको घुम्नुपर्ने ठाउँहरुमध्ये १२ औं स्थानमा राखेको पर्यटकिय स्थल नाम्जे लकडाउनसंगै आन्तरिक तथा बाह्य पर्यटकको उपस्थितिको अभावमा सुनसान जस्तै बनेको छ। २०७२ सालबाट संचालनमा आएसंगै स्थानियबासीको आर्थिक उपार्जनको गतिलो स्रोतको रुपमा रहेको यो स्थलमा कोरना कहर नहुदोहोत यतिबेला झापा, मोरंग हुदै इटहरी,धरानलगायतका स्थानबाट घुम्न, पिकनिक खान र धरान बिराटनगर र सप्तकोशीका दृश्यहरु हेर्न आउनेको घुइचो हुनेगर्थ्यो।

तर यसवर्ष कोरना कहरका कारण मानिसहरुको उपस्थिति शुन्यजतिकै भएको छ। अहिले त कमाउन त परैजाओस् होटलको भाडापनि ऋण खोजेर तिर्दैछौ। नाम्जेमा होटल व्यवसाय संचालन गर्ने होटल मनशान्तकि संचालिका सरु राई बताउनुहुन्छ। उहाँ भन्नुहुन्छ परिस्थिति सामान्य हुँदा यो ठाउँ कहाँ यस्तो मात्र होर पर्यटकको घुइचो संगै दिनरात उतिकै चल्थ्यो व्यवसाय ! अझ बिदाको दिनको त कुरै छाड्दिउ रातमा पनि क्याम फायरमा रमाउने पर्यटकले यहाँको चिनारीलाई ब्यापक बनाउदै थियो तर बिश्वब्यापी रुपमा आएको महामारीले चौपट बनायो !के गर्नु सहनै पर्दोरहेछ विश्व नै यस्तै छ।

आर्थिक समृद्धिको दिशामा अगाडि बढ्दै गरेको हाम्रो जस्तो मुलुकमा आन्तरिक तथा बाह्य पर्यटकको सेवाको निम्ति खुलेका होटल व्यवसायहरुले भोग्दै गरेको वर्तमानलाई मध्यनजर गर्दै सम्बन्धित स्थानीय सरकारले राहत सम्बन्धि केही कार्यक्रम ल्याउन सके स्थानीय पालिकाको आम्दानी संगै त्यस ठाँउको गरिमा बढाउदै संचालनमा आएका व्यवसायीहरुको केहीहद सम्म राहत हुने देखिन्छ।

Share via
Copy link
Powered by Social Snap