भेषराज नेपाल, झापा। दमक नगरपालिका वार्ड न: १ बस्ने चुडामणि भण्डारीले खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेका छन्।
आज साँझ करिब ६:०० बजेको समयमा खेती कमल गाउँपालिका-६ गएको बेला भण्डारीले ३७ वर्षीया श्रीमती टिकामाया पौडेल भण्डारीको खुकुरी प्रहार गरेर हत्या गरेका हुन् । भण्डारीलाई इलाका प्रहरी कार्यालय दमकको टोलिले नियन्त्रणमा लिइसकेको डिएसपी विजयराज पण्डितले बताउनुभयो ।
भण्डारीले श्रीमतीसँगै रहेका दमक – २ बस्ने एक दाहाल थरका एक पुरुषलाई पनि खुकुरी प्रहार गरेका छन्। खुकुरी प्रहारबाट गम्भीर घाइते दाहाललाई उपचारको निम्ति स्थानीय एड्भान्स हस्पिटल लगिएपनि उपचार संम्भव नभपछि बिर्तामोडको बिएण्डसी हस्पिटल पठाइएको समेत डिएसपी पण्डितले बताउनुभयो । खुकुरी प्रहार गर्ने भण्डारी भने केही महिनाअघि वैदेशिक रोजगारबाट फर्किएका थिए ।