घुन्साको कार्यक्रम सम्पन्न ! मौसम प्रतिकुलताले जौबारी सीमा निरीक्षणको कार्यक्रम हुन सकेन ।

0 Shares

ताप्लेजुङ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका ६ लेलेपको घुन्सामा स्थानीयलाई सम्बोधन गर्दै ‘सरकार चलाइरहेको पार्टीभित्र अनेक प्रकारका कहिले पार्टी अध्यक्षका विरुद्ध, कहिले प्रधानमन्त्रीका विरुद्ध, कहिले लिखित, कहिले छापेर सरकार ढलिहाल्छ भनेर प्रचार गरेको पाइन्छ, उनीहरु देशमा स्थिरता आउला भनेर आत्तिएकको बताउनुभयो । उहाँले ‘ देशलाई स्थिरतामा जान नदिन खोज्ने मान्छेहरु, देशको स्थिरता नचाहने मान्छेहरु, देशको प्रगति हरेर तर्सिएका मान्छेहरु आत्तिएका छन् ।’ देशलाई गलत बाटोमा जान नदिने समेत बताउनुभयो । उहाँले सबैलाई ढुक्कसँग रहन र नेकपा नफुट्ने बताउनुभयो।

प्रदेश न १: को भ्रमणमा निस्किनु भएको प्रधानमन्त्रीले घुन्सा फाउन्डेसन भवनको उद्घाटन गर्नुभएको थियो । प्रधानमन्त्री पत्नी राधिका शाक्यले घुन्सा र ग्याब्लाका १० जना बालबालिकालाई प्रत्येकवर्ष १० जनालाई छात्रवृत्ति प्रदान गर्न विद्यालयलाई आग्रह गर्दै न्यानो कपडा ज्याकेट वितरण गर्नुभएको छ। हेलिकप्टरमा काठमाडौंबाट सिधै घुन्सा जानुभएको प्रधानमन्त्रीले राडी, पाखि र गलैंचा बुनाइको अवलोकन समेत गर्नुभएको छ। उहाँको साथमा संविधानसभा अध्यक्ष सुवास नेम्वाङ, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश कुमार भट्टराई, १ नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईसमेतको उपस्थिति रहेको थियो ।

घुन्साको कार्यक्रमपछि प्रधानमन्त्री नेतृत्वको टोली इलामको जौबारी सीमा निरीक्षणको कार्यक्रममा जाने रहेता पनि मौसम प्रतिकुलताको कारण उक्त कार्यक्रम हुन सकेन ।

Share via
Copy link
Powered by Social Snap