बिर्तामोड बसपार्क बगानक्षेत्र संगै चारआलि जङ्गलक्षेत्र दिनानुदिन दुर्गन्धित बन्दै।

0 Shares


लवकुुुश गौतम झापा। यात्रामा पुर्वपश्चिम राजमार्ग अन्तरगत बिर्तामोडबाट जब पुर्व लागिन्छ रमाइलो चियाबगान संगै चारआलि जङ्गलको दृश्यले सबैको आँखा र मनलाई त अवश्य लोभ्याउछ नै तर नाकलाई भने जताभावि अव्यवस्थित फालिएको फोहोरको गन्धले औधी पीडा दिन्छ ।

फोटो: बिराट सुबेदी

बसपार्क दक्षिण चियाबगान पुग्दानपुग्दै सडकको दायाँबायाँ थुपारिएको फोहोरको डङुरको गन्धले जो कोहि यात्री पोहिलो पटक नाक थुन्न बाध्य हुन्छौ यो सिलसिला चारआलि जङ्गलमा पनि उसैगरी दोहोरिन्छ। धेरै अगाडिदेखिको यो समस्या आजपनी ज्युँका त्युँ छ। घट्ने भन्दा नि झन बरु बढ्दो छ। राजमार्गको दुवै किनारा मानव बस्ती नरहेको हरकुनै क्षेत्रमा यो समस्या बढ्दोक्रममा छ। मानिसहरु आफुले गरेको कर्मले समाज र वातावरणमा कस्तो समस्या पर्छ भन्नेसमेत हेक्का नराखी घर, ब्यापार – व्यवसाय, कलकारखानाबाट निस्किएको फोहोरमैला देखि लिएर मरेका पशुपंक्षी जीवजन्तू समेतको उचित ब्यवस्थापन नगरी बस्ती नभएको चियाबगान र जङ्गल आसपासमा फ्याक्ने गर्छ्न अनि उत्पन्न हुन्छ समस्या ।

अर्कोतर्फ पटकपटक जानकारी गर्दासमेत फोहोर ब्यवस्थापन सम्बन्धि समस्यालाई समाधान गर्न नसक्ने र त्यसतर्फ गम्भीर बन्न नसक्ने स्थानीय सरकारको कमजोरी पनि समस्याको मुख्य कारण बनेको छ। समस्याको दीर्घकालीन समाधानको निम्ति स्थानीय सरकार बेखबर छ। यसको मौका छोपी यसरी फोहोर फ्याक्न पल्केकाहरु आफ्नो कार्य गलत भन्ने बुझ्दाबुझ्दैं लुकिछिपी दोहोर्‍याई रहन्छन् । अनि त्यस्को सिकारभने वरपर बस्ने स्थानीय र सडकमा यात्रा गर्ने यात्रु बनिरहन्छन् । दुईदिन अघिको बिहानी चारआलि जङ्गल उत्तरमा पर्ने शान्तिमार्गको किनारा मरेका बोईलर कुखुराले सेताम्वे देखियो। किनार ढाकेको पाईयो । हाल यसबाट निस्किएको गन्धले गाउँनै दुर्गन्धित बनेको छ। मानिसको स्वच्छ र स्वस्थ श्वाससंगै बाच्नपाउँने मौलिक अधिकारको हनन भैरहदा समेत स्थानीय नगरपालिका भने फोहोरमैलाको उचित ब्यवस्थापन तर्फ मौन छ।

समस्याले प्रताडित बन्नुहुने स्थानीय बासी खगेन्द्र ईङ्नाम भन्नुहुन्छ मरेका जनावार र कुखुरा फ्याक्नाले त्यसको गन्धले बाटो हिड्नमात्र हैन घरमा नै बस्न सक्ने अवस्था छैन । चाडोंभन्दा चाडों यस्तो हर्कत गर्ने जो कोहिको खोजी गरेर पत्तालगाई दोषीलाई स्थानीय सरकार र प्रशासनबाट कडाभन्दा कडा कार्वाहीको माग गर्दछु। साँथै समस्याको दीर्घकालीन समाधानको निम्ति बिर्तामोड र अर्जुनधारा नगरपालिकाले एकले अर्कोलाई देखाउदै पन्छिने मात्र हैन सहकार्य गरी चाडोंभन्दा चाडों समस्याको दीर्घकालीन समाधान गरोस् ।

Share via
Copy link
Powered by Social Snap