नेपाल आइडल तेस्रो सिजनको उपाधि मोरङकी सज्जालाई

22 Shares

नेपाल आइडल तेस्रो सिजनको उपाधि मोरङकी सज्जा चौलागाईंले जितेकी छन् । शुक्रबार राति भएको ग्राण्ड फिनालेबाट मोरङकी सज्जा विजेता घोषणा भएकी हुन् । उनले किरण कुमार भुजेल र प्रवीण बेडवाललाई पछि पादै उपाधि जितेकी हुन् ।

प्रवीण बेडवाल फस्ट रनरअप भए भने किरण भुजेल दोस्रो बने । सुरुवाती दिनदेखि नै उत्कृष्ट प्रस्तुति दिँदै आएकी थियो । त्यही अनुरुप दर्शकले दिएको भोटका आधारमा सज्जा विजेता घोषित भएकी हुन् ।

विजेतालाई ५० लाख, फस्ट रनर अपलाई १० लाख र सेकेन्ड रनर अपलाई ५ लाख पुरस्कार दिइने आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.

Share via
Copy link
Powered by Social Snap