डा आत्रेयको स्मृतिग्रन्थ विमोचित

1 Share
पढ्न लाग्ने समय: < 1 minute


साहित्यकार प्रा डा विष्णुराज आत्रेय ‘लाटोसाथी’को स्मृतिमा प्रकाशित स्मृति ग्रन्थ विमोचित भएको छ ।

प्रा डा विष्णुराज आत्रेय लाटोसाथी स्मृति प्रतिष्ठानको आयोजनामा भएको समारोहका नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले ग्रन्थको विमोचन गर्नुभयो । प्राज्ञिक लेखन नेपाली वाङ्मयमा ठूलो योगदान दिनुभएका उहाँको ‘अथातो जलान’, ‘उत्कृष्ट हाँस्यव्यङ्ग्य निबन्ध’, ‘संस्कृत नेपाली’, ‘अङ्ग्रेजी शब्दकोष’ आदि कृति प्रकाशित छन् ।

Advertisements

प्रतिष्ठानका अध्यक्ष विष्णु भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा आत्रेयको साहित्यिक योगदानबारे नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव जगत्प्रसाद उपाध्याय, प्राज्ञ डा देवी नेपाल, डा अलका आत्रेय, सहसम्पादक वैरागी जेठाले प्रकाश पार्नुभएको थियो ।रासस

Advertisements
Advertisements
1 Share
Share via
Copy link
Powered by Social Snap