जागिर लगाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

0 Shares
पढ्न लाग्ने समय: < 1 minute


पिजी रियल स्टेट एण्ड जब लिङक नामक संस्था सञ्चालन गरी विभिन्न कम्पनीमा जागिर लगाइदिन्छु भन्दै ठगी गर्नेलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रतिव्यक्ति रु दुई हजार ५०० का दरले रकम उठाइ काममा नलगाइ ठगी गरेको भन्ने जाहेरीका आधारमा स्याङ्जाको फेदीखोला गाउँपालिका–४ स्थायी घर भई हाल कास्कीको पोखरा महानगरपालिका–२७ तालचोक बस्ने कृष्ण पौडेललाई प्रहरीले पक्राउ गरेको छ ।

Advertisements

निजलाई यही भदौ २५ गते पक्राउ गरी ठगी ९आपाराधिक लाभ, विश्वासघात० मुद्दामा जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रासस

Advertisements
Advertisements
0 Shares
Share via
Copy link
Powered by Social Snap