इराकी प्रधानमन्त्री इरानमा

0 Shares
पढ्न लाग्ने समय: < 1 minute


२८ भदौ (रासस÷सिन्ह्वा) ःइराकी प्रधानमन्त्री मुस्ताफा अल–कादिमी इरान पुग्नुभएको समाचारमा जनाइएको छ । उहाँ आइतबार इरानको राजधानी तेहरान पुग्नुभएको विभिन्न अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले जनाएका छन् । समाचार एजेन्सीहरुका अनुसार प्रधानमन्त्री मुस्ताफाले इराकको उच्चस्तरीय राजनीतिक तथा आर्थिक टोलीको नेतृत्व गरी इरान पुग्नुभएको हो ।

उहाँले इरानका आफ्ना समकक्षीसँग विभिन्न द्धिपक्षीय तथा अन्य आन्तरिक विषयमा वार्ता गर्नुहुने बताइएको छ । प्रधानमन्त्री मुस्ताफाले इरानी राष्ट्रपति इब्राहिल राइसीसँग वार्ता गर्नुहुने छ । त्यसक्रममा उहाँहरुबीच आपसी हितका साथै क्षेत्रीय र अन्तर्राष्ट्रिय विषयहरुमा कुराकानी गर्नुहुने बताइएको छ । साथै सो वार्तापछि इराक र इरानका विभिन्न सहमती र समझ्दारी हुने पनि बताइएको छ । तर के कति विषयमा यी दुई देशका बीचमा सहमति हुदैछ भन्ने बारेमा भने केही बताइएको छैन ।

Advertisements
Advertisements
Advertisements
0 Shares
Share via
Copy link
Powered by Social Snap