दुर्घटनामा ज्यान गुमाउनेको पहिचान खुल्यो

0 Shares
पढ्न लाग्ने समय: < 1 minute


पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी ९बर्दघाट–सुस्तापूर्व०को गैँडाकोटमा दुर्घटना हुँदा ज्यान गुमाएका तीनै जनाको पहिचान खुलेको छ ।

ज्यान गुमाउनेमा बर्दियाको बाँसगढी नगरपालिका–८ का ७० वर्षीया माया सुवेदी तथा कञ्चनपुरका ४० वर्षीया रङ्गी तिरुवा र ३५ वर्षीय कृष्ण राना रहेका छन् । प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीका अनुसार सुवेदीको भरतपुर अस्पतालमा तथा तिरुवा र रानाको नयाँ चितवन मेडिकल कजेजमा उपचारका क्रममा मृत्यु भएको हो ।

Advertisements

काँकडभिट्टाबाट महेन्द्रनगरतर्फ जाँदै गरेको सुप–०२–००१ख ११२३ नं को बस र पूर्वतर्फ जाँदै गरेको ना६ख ७१२६ नं को ट्रक आज एकापसमा ठोक्किएका थिए । उक्त दुर्घटनामा बस र ट्रकका चालकसहित २७ यात्रु घाइते भएका छन् । घाइतेको चितवनका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
रासस

Advertisements
Advertisements
0 Shares
Share via
Copy link
Powered by Social Snap